३० आश्विन २०८३, शुक्रबार

लक्ष्मण श्रेष्ठको नेतृत्वमा प्रवासी नेपाली मञ्चले चुन्यो न्यूसाउथवेल्स समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf1-1024x270अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यू साउथवेल्स राज्य कमिटीको पहिलो अधिवेशनबाट लक्ष्मण श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष डा. विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा सिड्नीमा रहेका मञ्चका सदस्य तथा शुभचिन्तकहरु सहभागी भएका थिए ।

कार्यक्रममा उपाध्यक्ष सन्तोष दाहाल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका महासचिव केशव जोशी, धर्मराज अधिकारी, हरि लामिछाने र महाधिवेशन प्रतिनिधि रमेश पाण्डेले अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।

उपस्थित अतिथिहरुलाई श्याम पौडेलले स्वागत गर्नुभएको थियो भने उद्घाटन सत्रमा राज्यसमितिको अधिवेशनको सफलताको शुभकामना दिँदै सिड्नीमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र यसका राज्य कमिटीहरुले समूदायको हक, हित र उन्नतिको लागि सधैं नेतृत्वदायी भूमिका लिएको धारणा राखेका थिए ।

यसरी शुभकामना दिनेहरुमा मानब अधिकार तथा लोकतान्त्रिक मन्च अष्ट्रेलियाका अध्यक्ष होमनाथ पाण्डे, गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए न्यू साउथवेल्सका अध्यक्ष दिनेश पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष खगेन्द्र सिटौला, नेताहरु ध्रुव सुवेदी, राजन बस्नेत, पत्रकार भीमसेन सापकोटा, संघीय समाजवादी अष्ट्रेलियाका अध्यक्ष गणेश तामांग, जनप्रगतिशील मञ्चका टंक सापकोटा तथा नयाँ शक्तिका विनोद पौडेल लगायत थिए । कार्यक्रममा सिड्नीका स्थापित हाँस्य कलाकार भुपेन्द्र चुडालको आकर्षक प्रस्तुति रहेको थियो ।

यलाद्दउद्घाटन सत्रको सभापतित्व प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सका संयोजक लक्ष्मण श्रेष्ठको सभापतित्वमा भएको थियो । उद्घाटन सत्रपछि भएको बन्द सत्रको अध्यक्षता सन्तोष दाहालले गर्नुभएको थियो भने अध्यक्षमण्डलमा सदस्यका रुपमा अच्युत थपलिया र केशव जोशी हुनुहुन्थ्यो ।

रमेश पाण्डेको अध्यक्षतामा बनाइएको निर्वाचन समितिले लक्ष्मण श्रेष्ठको नेतृत्वमा नयाँ समिति पनि चयन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः श्याम पौडेल, कृष्ण सापकोटा, लेनिन पौडेल र सीताराम घिमिरे रहेका छन् ।

सदस्यहरुमा डा. चिजकुमार श्रेष्ठ, सम्झना थापा, पवन दर्ताकोटी, दिवाकर काफ्ले, कृष्ण गैरे, सुरज भट्टराई, सोहन ज्ञवाली, अर्जुन पौडेल, रमेश पौडेल, जेनेन्द्र सुवेदी, सागर प्रजापति, सुशीला तिवारी र प्रदिप पन्थी रहेका छन् । कार्यक्रमको सञ्चालन अच्युत थपलियाले गर्नुभएको थियो ।