झापा, २ चैत । पूर्वमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता २०७३ हुने भएको छ ।
नेपाल भलिवल संघ र बिहानी बचत तथा ऋण सहकारी संस्थाले आज मगलवार पत्रकार सम्मेलन गरी झापाको धाइजनमोडमा आगामी २०७३ बैसाख पहिलो सातादेखि सञ्चालन हुने जानकारी गराएको हो ।
‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रीय भलिवल सघ,मध्यमाञ्चल क्षेत्रीय भलिवल सघ, महेन्द्र पुलीस क्लव, ढोरपाटन भलिवल क्लव, जाउलाखेल टेनिँग सेन्टर त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी बल पश्चिमाञ्चल क्षेत्रिय भलिवल क्वल सहितका ८ टिमले सहभागीता जनाउने सयोजक बालकृष्ण रिजालले जानकारी दिनु भएको छ ।
स्थानियको सहभागीतामा आयोजना गर्न लागिएको यो प्रतियोगितामा स्थानिय युवाहरुको जोश जाँगरलाइ साथमा लिइ आयोजना गर्न लागिएको रिजालले बताउनु भएको हो ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि झापाा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले पूर्वमा राष्ट्रिय तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिताको आयोजना हुनु सबैको पक्षमा भएकाले सक्दो सहयोग गर्ने बताए । पहिलो पुरस्कार दुहागढी–६ का दानवीर नरेन्द्र मेचे गछामले प्रदान गर्ने घोषणा गरेको समेत बताइएको छ ।















प्रतिक्रिया