
काठमाडौं । बलेको आगो ताप्ने दुनियाँ न हो । यस्तै समयमा काम लाग्छ भनेर हो यस अगाडिका सञ्चारमन्त्री मीनेन्द्र रिजालले मातहत कार्यालयमा छानी–छानी सुन्दरी कलाकारलाई नियुक्त गरेका । तर, मरेको मान्छेलाई जुम्राले पनि छाड्छ भनेझैँ भयो यो महाधिवेशनमा मीनेन्द्रको हालत ।
मीनेन्द्रले लगाएको गुन बिर्सनेले बिर्सिदिएपछि चुनावको मुखमा उनले सम्झेर मात्र के गर्नु ? चलचित्र क्षेत्रमा अन्य राजनीतिक दलका भन्दा नेपाली कांग्रेसका कलाकारको हालिमुहाली छ । चलचित्र क्षेत्रकै सर्वोच्च संस्था चलचित्र विकास बोर्ड कांग्रेसकै कब्जामा छ । सेन्सर बोर्डमा समेत चैते कांग्रेसीनिकट चलचित्रकर्मीकै बोलवोला छ । विकास बोर्ड अध्यक्ष राजकुमार राई, बोर्ड सदस्य राजेन्द्र केसी, रूपा राना, सेन्सर सदस्य मेलिना मानन्धर र सन्दीप सापकोटा कांग्रेसनिकट चलचित्रकर्मी हुन् ।
हालै सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा बोर्ड अध्यक्ष राजकुमार राई, बोर्ड सदस्य राजेन्द्र केसी, सेन्सर बोर्ड सदस्य सन्दीप सापकोटा भृकुटीमण्डपति त देखिए तर उनीहरू पनि मीनेन्द्रको पक्षमा खुलेनन्, यसबाहेकका अन्य कांग्रेसी चलचित्रकर्मी र कलाकार कहाँ हराए होलान् ? रिजालले नै सेन्सर सदस्य मेलिना मानन्धर र बोर्ड सदस्यमा रूपा रानालाई नियुक्त गरेका हुन्। उनीहरू चुनाव अवधिभर मीनेन्द्रको प्रचार प्रसारमा देखिएनन् ।
कांग्रेसी बनेरै सेन्सर सदस्य बनेका प्रकाश सुवेदी कतै झुल्किएनन् । यता, कांग्रेसी भन्दै कलाकार संघको चुनाव जितेका रामकेशर बोगटी महाधिवेशनमा सहभागी भएनन् नै बरु शनिबारदेखि नै संघमा कार्यशाला गोष्ठी आयोजना गर्दै थिए । जनाआस्था साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया