१५ कार्तिक २०८३, आइतबार

काठमाडौँमा २५ नक्कली भूकम्पपीडितद्वारा रकम फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

House-bhukampa (2)काठमाडौँ, २ चैत । काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरुले लिएको राहत रकम फिर्ता गरेका छन् ।

काठमाडौँका प्रजिअ रामकृष्ण अधिकारीका अनुसार कीर्तिपुर, नागार्जुन, तारकेश्वर र गोकर्णेश्वर नगरपालिकाका २५ जनाले लिएका तीन लाख रुपैयाँ फिर्ता गरेका छन् । भूकम्पपीडितको परिचयपत्र बनाएर तत्काल राहतका रुपमा बाँडिएको १५ हजार र न्यानो कपडाबापत १० हजार गरी प्रतिपरिवार २५ हजार उनीहरुले लिएका थिए ।

प्रजिअ सुवेदीले असम्बन्धित व्यक्तिले भूकम्पपीडितको परिचयपत्र र राहत प्राप्त गरेको उजुरीको छानबिनका लागि समिति गठन भइरहेको र अन्य त्यस्ता व्यक्तिले पनि राहत रकम बुझेकाबारे छानबिन भइरहेको बताउनुभयो ।

उहाँका अनुसार राहत रकम लिनेको नामावलीसहितको विवरण कार्यालयको वेबसाइटमा राख्ने काम सुरु भएको छ । सम्बन्धित वडामा समेत नामावली टाँस्ने कार्य भइरहेकाले कुनै असम्बन्धित व्यक्तिले रकम लिएको भेटिए उजुरी गर्नसमेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

काठमाडौँमा तत्काल राहतका रुपमा प्रतिपरिवार १५ हजारका दरले ४१ हजार ९८३ परिवारलाई र १० हजारका दरले ६२ करोड ९७ लाख ४५ हजार तथा न्यानो कपडा खरिदका लागि ३७ हजार २१ परिवारलाई १० हजारको दरले ३७ करोड दुई लाख १० हजार वितरण गरिएको छ ।

तीन महिनाको कामको विवरण सार्वजनिक
काठमाडौँमा प्रजिअका रुपमा आफूले गत पुस १ गतेदेखि कार्यभार सम्हाले यता अहिलेसम्म तीन महिनाको अवधिमा गरेका काम कारबाहीको विवरण आज कार्यालयमा सार्वजनिक गर्दै सुवेदीले आफू जति दिन बसे पनि काम गरेर जानुपर्छ भन्ने भावनाका साथ काम गरिरहेको बताउनुभयो ।

यो तीन महिनाको अवधिमा काठमाडौँमा शान्तिसुरक्षा कायम गर्न आवश्यक कार्य गर्नुका साथै यहाँ सञ्चालिन ‘फुटसल’हरुको व्यवस्थापन गर्न सुरु गरिएको, दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पहल गरिएको तथा बढी मूल्य लिनेमाथि कारबाही गरिएको उहाँले बताउनुभयो ।

तीन महिनाको अवधिमा कालोबजारीको आरोप लागेका ६७ व्यक्तिमाथि ५१ मुद्दा र सार्वजनिक अपराधसम्बन्धी ५८३ मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा चुरोट तथा सुर्तीजन्य वस्तुको सेवनमा कारबाही अगाडि बढाइएको र अहिलेसम्म तीन हजार २२६ जनाबाट एक सयका दरले जरिवाना गरी तीन लाख २२ हजार ६०० राजस्व खातामा जम्मा गरिएको छ ।

यो अवधिमा १३ कार्यालयमा विभिन्न मितिमा हाजिरी, पोसाक लगायतका छड्के गरी ११० जनामाथि कारबाही भयो । बजार अनुगमन नियमित गर्न छवटा विशेष समूह गठन गरी कालोबजारी र अनुचित कार्य गर्नेमाथि पनि जिप्रकाले कारबाही अगाडि बढाएको छ । रासस