म नाम संगसंगै थरको पनि परिचय दिन्छु र भन्छु, म बुर्लाकोटी अनि धेरै जसो मानिसहरू मलाई प्रश्न गर्छन् र भन्छन् कस्तो जात हो यो बुर्लाकोटी ? मैले त पहिलोपटक सुनेको यस्तै यस्तै प्रश्न प्रति प्रश्न गर्छन् ।
साच्चै, यी प्रश्नहरू आफैमा अनुउत्तरित भने पक्कै होइन तर पनि हाम्रो सानो सङ्ख्या, राज्यको उपल्लो निकायमा पुग्न नसकेको हाम्रो पँहुच, अनि हामीभित्रको एकताको अभाव नै यी प्रश्न प्रति प्रश्नको मुख्य कारण हुन ।
व्यक्तिगत रूपमा म कति सफल र असफल भए भन्ने कुरा भोलिका दिनहरूले पुष्टि गर्नेछन । हो, दिनसँग रात हुन्छ, सेतोसँग कालो हुन्छ, दुधले नुहाएको चोखो र असल दुनियाँमा सम्भव छैन । सायद म भित्र पनि थुप्रै कमीकमजोरीहरू होलान् तर म, म भित्रबाट माथि उठेर बन्धुत्वको फराकिलो हात फैलाउछु भने म माथि शंका उपशंका किन ? तपाईंलाई जन्म दिने तपाईंको हजुरबुबा र मलाई जन्म दिने मेरो हजुरबुबा एकै बाबुका सन्तान हुन भने तपाईंले मसँग घमण्ड गर्नुको अर्थ के ?
म मेरो बुर्लाकोटी बन्धुहरूको इतिहासलाई जिवन्त बनाइराख्न चाहान्छु । आज पहिचानको लडाइ लडदै गरेको मेरो देश र परिवेश भित्रको जाति जनजाति माझ आफनो वास्तविक पहिचानको खोजी नगरी इतिहासको पानामा बुर्लाकोटी शब्दलाई सिमित गर्ने चाहादिन । त्यसैले, म मेरो इतिहास रचेर भोलिको पुस्तालाई हस्तान्तरण गर्ने चाहान्छु , र त छरिएर रहेका बन्धुहरूलाइ सामाजिक सञ्जालको सहयोगबाट एकीकृत गर्ने लक्ष्य राखेको छु ।
त्यसका लागि बंशावली तयार गर्ने, स्मारिका तयार पार्ने, बन्धु समुदायको गणना गर्ने, श्रव्यदृश्य सामग्री बनाएर प्रचार गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक अवस्थामा सुधार ल्याउन प्रयास गर्ने आदी कामहरु गर्न सकिन्छ ।
अत, दुनियाँले गरेको बुर्लाकोटी बन्धुहरू माथिको प्रश्न र प्रति प्रश्नको जवाफ दिन उनै भारद्वाज ऋषिको नशामा बगेको बुर्लाकोटी तन र मन भएको रगतको शिरा बोकेर बन्धुत्वको फराकिलो हात लियर आउनुस । एउटा बुर्लाकोटी बन्धुको जिवन्त इतिहास निर्माण गरौं ।
बिमन बुर्लाकोटी
धादिङ, सल्यानटार
हाल काठमाडौं, वनस्थली ।















प्रतिक्रिया