१ कार्तिक २०८३, आइतबार

नलगाड जलविद्युत्को डिपीआर पूरा गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali-river-and-valley

जाजरकोट, २ चैत । यहाँका नागरिकले छिटो नलगाड जलविद्युत् आयोजनाको डिपीआर पूरा गर्न माग गरेका छन् ।

विभिन्न वहानामा डिपीआर अल्झाएर जाजरकोटी जनताको आँखामा छारो नहाल्न यहाँका स्थानीयले माग गरेका छन् ।

भ्रष्टाचार प्रकरण अनुसन्धानसँगै डिपीआर काम पूरा गर्न नलगाड सरोकार समिति जाजरकोटले माग गरेको छ । नलगाडलाई वर्षांै ढिला गर्ने षड्यन्त्र भइरहेको सरोकार समितिले आरोप लगाएको छ ।

दुर्गममा निर्माण हुन लागेको यो आयोजनालाई कुनै पनि हालतमा निर्माण कार्य ढिला गरिए जाजरकोटवासी आन्दोलनमा उत्रिने सरोकार समितिका अध्यक्ष गणेश सिंहले बताउनुभयो ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई छिटो काम अगाडि बढाउन ध्यानाकर्षणपत्रसमेत यहाँका नागरिकले बुझाएका छन् । बाँध ड्याम निर्माण क्षेत्रमा अझै मुआब्जाको काम बाँकी रहेको भन्दै छिटो काम गतिमा लान आग्रह गरेका हुन् ।

जाजरकोटको भविश्यसँग जोडिएको नलगाड आयोजना निर्माणहुनेमा हर्षित भएका यहाँका स्थानीय अहिले सबै काम बन्द हुँदा निरास भएका छन् । तत्काल माग पूरा नभए आन्दोलनमा उत्रिने स्थानीयले बताएका छन् । रासस