१५ कार्तिक २०८३, आइतबार

सूर्योदयमा शैक्षिक प्रदर्शनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suryodayaexhibition1काठमाडौं, २ चैत । ‘अध्ययनका फरक आयाम, सिकाइका फरक कोण’ अध्ययन, अध्यापन कक्षाकोठाभित्र मात्र सीमित रहँदैन ।

व्यवहारोपरोगी एवम् प्रयोगात्मक सिकाइमा सधैँ विश्वास गर्ने घट्टेकुलोस्थित सूर्योदय आवासिय माध्यमिक विद्यालयले साना बालबालिकादेखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विज्ञान एवम् वातावरण सम्वन्धि प्रर्दशनीको आयोजना गरिएको छ ।

विद्यार्थीका अभिभावक एवम् अन्य व्यक्तिहरूलेसमेत उक्त प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विग्रँदो वातावरणलाई कसरी सन्तुलन राख्न सकिन्छ साथै वैज्ञानिक आधारहरूसँगै गाँसिएको जीवन पद्धतिलाई सम्पूर्ण विद्यार्थीले बनाएका र प्रदर्शनमा राखिएका सामग्रीबाट प्रष्ट पार्न खोजिएको थियो ।

विद्यार्थीले बनाएर प्रदर्शनमा राखिएका सामग्री विक्रीमा पनि राखिएको थियो । ‘पढ्नु र प्रत्यक्ष देख्नु अनि भोग्नु सिकाइका फरक पाटा हुन्’ भन्ने कुरालाई प्रदर्शनीले सजीव चित्रण गरेको थियो ।

उक्त प्रदर्शनीमा सहभागी हुन पाउँदा विद्यार्थी एवम् अभिभावक दङ्ग देखिए प्रेस विज्ञप्तिमा उल्लेख छ ।

suryodayaexhibition suryodayaexhibition0 suryodayaexhibition2