स्विजरल्याण्ड । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति स्विजरल्यान्डले नवनिर्वाचत सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
नेपाली जनसम्पर्क समिति स्विजरल्यान्डका उपाध्यक्ष श्याम सापकोटाले एक बिज्ञप्ति निकाल्दै सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाइ दिनुका साथै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना प्रकट गरेका छन् ।
त्यस्तै बिज्ञप्तिमा नवनिर्वाचित महामन्त्री शशांक कोइराला लगायत सम्पूर्ण बिजयी केन्द्रिय सदस्यलाई बधाइ तथा शुभकामना दिएका छन् ।















प्रतिक्रिया