७ कार्तिक २०८३, शनिबार

साउदीमा मृतकको रकम खाने पूर्व राजदूत भ्रष्टाचारी ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hamid-Ansari-Nepalese-Ambassador-to-Saudi-Arabiaकाठमाडौं, २ चैत । मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।

अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनुपर्ने थियो ।

पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ ।

अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए ।