
काठमाडौं, १ चैत । आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हाइटेक प्रणालीको मेट्रो बसमा ढुंगा प्रहार भएको घटनाप्रति युवा संघ नेपालले भत्सर्ना गरेको छ ।
सोमबार साँझ एक विज्ञप्ति जारी गरी युवा संघका अध्यक्ष राजीव पहारीले उपभोक्ता ठग्ने, मोनोपोली लाद्न खोज्ने समूहको यो कदमको निन्दा गरेका छन् ।
उनले भनेका छन्– ‘महानगर यातायात प्रालिद्धारा आइतबार सञ्चालनमा आएको हाइटेक प्रणालीको बसमा भएको आक्रमण निन्दनीय छ । हामी भत्सर्ना गर्दछौं । यो सिण्डिकेट प्रणालीको उपज हो ।’
बसमाथि ढुंगा हान्ने कदम उपभोक्तामाथिको प्रहार हो भन्दै पहारीले घटनामा संलग्न जोसुकै भएपनि कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
‘अब हरेक क्षेत्रको सिण्डिकेट प्रणाली अन्त्य गर्दै प्रतिस्पर्धी वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
सोमबार दिउँसो यात्रु बोक्ने क्रममा बल्खु पुग्दा मेट्रो बसमा ढुंगा प्रहार भएको थियो । ढुंगा लागेर बसको सिसा फुटेको थियो ।












प्रतिक्रिया