१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय लिग फुटबल वैशाखदेखि सुरु गर्ने एन्फाको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_finalकाठमाडौं, १ चैत । घरेलु खेलाडी उत्पादन गर्ने प्रमुख अवसर मानिने फुटबल खेल अन्तर्गतको राष्ट्रिय लिग आगामी वैशाखबाट सुरु गर्ने तयारी गरिएको छ ।

म्याच फिक्सिङ काण्डले अस्तव्यस्त बनेको फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)ले अन्योलका बीच नयाँ वर्षदेखि लिग सुरु गर्ने तयारी गरेको हो ।

नेपाली फुटबलको स्तर उकास्न नयाँ वर्षको सुरुदेखि नै लिग सञ्चालन गर्ने तयारीमा आफूहरु लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले जानकारी दिए ।