१५ कार्तिक २०८३, आइतबार

देउवालाई पत्रकार महासंघको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Congressकाठमाडौँ, १ चैत । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि दृढ रहेको बताउनुभएको छ ।

देउवा निवास बूढानीलकण्ठमा बधाई दिनपुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग उहाँले प्रेस स्वतन्त्रता कुण्ठित भएमा लोकतन्त्र र पत्रकारको भविष्यसमेत खतरा पर्ने बताउनुभयो ।

देउवाले भन्नुभयो, ‘‘प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र लोकतन्त्र जोगाउन काँग्रेस प्रतिबद्ध छ, यसमा कुनै सन्देह छैन ।’’

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले देउवालाई बधाई दिँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नभएकाले त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । महासङ्घले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनलगायतमा मुद्दामा सहयोग गर्न पनि काँग्रेसलाई आग्रह गरेको सचिव ध्रुव लम्सालले जानकारी दिनुभयो । रासस