१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई लिपुलेकका बारेमा प्रष्ट धारणा राख्न ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Lama

काठमाडौँ, १ चैत । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा लिपुलेकका बारेमा प्रष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामासहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास पुगेर नेपाली भूमिमा भारत र चीनले विगतमा गरेको सम्झौताबारे चीन सरकारलाई नेपालको धारणा राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।

त्यसैगरी स्ववियु निर्वाचन, विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग र कालोबजारीलाई नियन्त्रण गर्न सशक्त कारबाहीको मागसमेत सङ्गठनले गरेको छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा सरोकार राखेर सङ्गठनले उठाएको मागप्रति एक्यबद्धता व्यक्त गर्दै कालोबजारीको बीउसमेत नरहने गरी त्यसलाई नियन्त्रणका लागि कर्मचारी संयन्त्रलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो । रासस