१५ कार्तिक २०८३, आइतबार

प्रहरीमा भर्ना हुन सुदूरबाट झन्डै चार हजारको आवदेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logoo

भीमदत्तनगर, १ चैत । जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौ जिल्लाबाट तीन हजार ९४९ जनाले आवेदन दिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले तीन हजार ५४४ पुरुष र ४०५ महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएको जानकारी दिनुभयो ।

गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्तका लागि समय दिइएको थियो । प्रहरीमा ५४४ जनाको भर्ना खुलेसँगै सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयमा आवेदन लिइएको थियो ।

सुदूरपश्चिममा सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय, कैलालीमा आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार कैलालीमा ८१४ जना महिला तथा पुरुषले आवेदन दिएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ५२६ जनाको आवेदन परेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । त्यस्तै यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा २८४, बैतडी ४९५, दार्चुला ३५०, बझाङ ३२४, बाजुरा २१६, अछाम २४९ र डोटीमा ९३ जनाले भर्ना हुन आवेदन दिएको प्रहरीले जनाएको छ । रासस