१५ कार्तिक २०८३, आइतबार

लोकप्रियता पाएर विदाइ भए सिडिओ पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura (4)

बाजुरा, १ चैत । बाजुराका प्रमुख जिल्ला अधिकारी धन प्रशाद शर्मा पौडेले आफ्नो कार्यकाल सफलता एवं कतव्य निष्ठ रहि कार्यशुल्ता पुर्वक सेवाग्राही मैत्रि व्यवहार देखाएको भन्दै विभिन्न नागरिक संगठन सर्व साधारण र कर्मचारीहरुले एक भव्य कार्यक्रमका विच विदाई गरेका छन ।

कार्यक्रममा नागरिक समाज, महिला बालबालिकाका हरेक समस्यालाई आफ्नै समस्या ठानेर कुनै पनि बेला जनसेवामा समर्पित रहनुभएको पौडेलको सबैले खुलेर प्रशंसा गरेका थिए । प्रजिअ सरह नै प्रहरी नायव उपरीक्षक श्याम प्रशाद पौडेलको पनि विदाई गरिएको छ ।

नेपाल प्रहरीमाको उच्च तहमा रहेर पनि नागरिक सरोकारका विषयमा घुलमिल रहेर कानूनी शासनको सहजता नागरिकलाई दिलाउन पौडेल दोयलेगरेको उल्लेखनीय कार्य अनुकरणमुलक र प्रशंसायोग्य रहेको असल शाशन कर्मी एवं नागरिक अगुवा प्रदिपराज जैशीले बताउनुभयो ।

Bajura (3)

प्रजिअ पौडेलले जिल्लामा रहदा प्रशासनले दिने सेवाको सहज्ता, प्रशाशनिक अनुगमन र जिल्लाको दुर्गम गाउँमा नुन तथा खाद्यान्न डिपोको स्थापना र सडक निर्माणको कार्यमा तिप्रता ल्याउने जस्ता लोकप्रिय काम गरेका थिए । प्रशंसित र सम्मानित भएको प्रजिअ र प्रहरी नायव उपरिक्षक पौडेलाई आइतवार विभिन्न कार्यक्रमका विच दर्जनौ प्रशंशा पत्र, मायाको चिनो र सोवबार विहान बाजागाजा, फुलमाला सहित सयौ सर्वसाधारण सहितको टोलीले भव्य विदाइ गरेको थियो ।

आइतवार बाजुरा स्थीत नागरिक समाज अशल शासन क्लव, गैसस, कर्मचारी मिलन केन्द्र, सहकारी संघ , कर्मचारी संघ संगठनहरुले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी सम्मान जनक विदाई गरेका थिए । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रमुख र पत्रकारहरुको उपस्थिति थियो ।

Bajura (2)

१७ महिना बाजुरामा वसेर जिल्ला प्रशासन कार्यालयवाट प्रवाह गर्ने सरकारी सेवा र अन्य वाहिरी सेवाहरुलाई प्रभावकारी वनाउनलाई गरेको प्रयासहरुमा बाजुरा दुर्गमता तथा जिल्लामा काम गर्ने असस्ता नरहेको सन्देश प्रवाह सहित बाजुराबाट जुन ठाउ गएपनि जिल्लालाई नविर्सन फेरीपति जिल्लाको सहयोग गर्न अनुरोध गरेका थिए । प्रजिअ पौडेले विदाईको अनुभुति राख्दा निकै भावुक मुद्रामा जिल्लाले दियको माया सद्भाव र कार्य सम्पादनमा गरेको सहयोग राजनितिक दलको सहानुभुति आफ्नालागि सदवै स्मणिय रहने र आफ्नो क्षेत्रबाट हुने सहयोग जहाँ रहदापनि जिल्लाले अनुभुति गर्ने गरी सहयोग गर्ने बचन बद्धता गर्नुभएकोथियो । विदाईमा सहभागी सवैले पौडेल द्धयको आगामी यात्रा सफलताको कामना सहित सुखद तथा उज्वल भविश्यको कामना गरेका थिए ।

जिल्लाको विकासको लागि यिनले गरेको कामप्रति धन्यवाद दिनै पर्छ । जिल्लाको समग्र विकासका लागि पौडेलले प्रचार नगरेपनि यिनले गरेको काम छर्लङ्ग छ । यसको अनुभव तिनै जनताले पाएका छन ।

– धर्मराज पाध्यायबाट