७ कार्तिक २०८३, शनिबार

बालुवाटार पुगेर बाबुरामले भने- चीनसँग ज्यादा नजिक हुने होइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattarai

काठमाडौं, १ चैत । नयाँ शक्ति अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनसँग ज्यादा नजिक नहुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

आइतबार साँझ बालुवाटारमा आयोजित पूर्वप्रधानमन्त्रीहरुको बैठकमा आफ्नो धारणा राख्दै भट्टराईले भारतले नाकाबन्दी लगायो भन्दैमा चीनतिर धेरै नजिक हुनु घातक हुने दाबी गरे ।

स्रोतका अनुसार बैठकमा भट्टराईले भनेका थिए- ‘हामीलाई भारतले नाकाबन्दी लगाएर केही समय पीडा दियो भनेर आत्तिएर चीनसँग बढ्दा लहसिनु उचित होइन । हामी चीनसँग व्यवहार गर्दा सधैं होसियार रहनुपर्छ ।’

चैत ७ गतेदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणबारे बालुवाटारमा बैठक डाकेर पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र चीनका लागि पूर्वराजदूतहरूसँग सुझाव लिएका थिए । अन्नपूर्ण पोष्टमा समाचार छ ।