७ कार्तिक २०८३, शनिबार

के हुँदैछ एमालेको पार्टी कार्यालयको पुरानो भवन र जग्गाामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN-UML-Party-Office-balkhuकाठमाडौं, १ चैत । एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ । यसको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख छ । पुरानो भवनले नौ आना जग्गा ओगटेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच करोड रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ । ‘यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ’, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

भूकम्पबाट कार्यालय क्षतिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरत पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातो स्टिकर टाँस्यो ।

त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सार्ने छलफल भयो । तर वर्षमा हिलाम्मे हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्‍यो पनि ।

त्यही मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियो ।