काठमाडौं, १ चैत । लकरमा १४ थान गोली भेटिएपछि ल्हारक्याल लामाले त्यो गोली साथीको भएको र उसले दिएका कारण राखिएको बताएका छन् ।
प्रहरी नियन्त्रणपछि लामाले आफूले साथीको गोली राखिएको मात्र बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
लामालाई उदृत गर्दै स्रोतले भन्यो, ुती गोली मेरा होइनन, साथीले राख्नु भनेकाले मैले मेरो लकरमा राखिदिएको मात्र हुँ ।ु
उनले हतियार आफूसँग् नभएको बताएका छन् । ुहतियार नै मसँग छैन, गोली कसरी मेरो हुन्छु लामाले प्रहरीसमक्ष भनेका छन् ।
कुन साथीले राख्न दिएको भन्ने विषयमा लामाले केही भनेका छैनन् ।















प्रतिक्रिया