– रामकुमारी झाक्री
हिजो सुस्ता पुग्यौँ । नारायणी नदीले प्राकृतिक बहाब परिबर्तन गरेपछि सुस्ता क्षेत्र नदीपारि भयो । यो हिजो आजकुरा होईन धेरै बर्ष अगाडिको कुरा हो । नदी कटानबाट बचेको करिब ४२ हजार ९ सय हेक्टर जमिन थियो हाम्रो सुस्तामा । भारतीयहरूले साँध सिमाना मिच्ने, प्रतिरोध गर्दा कुटपिट गर्ने, गाउँमा पस्ने, बाली उठाएर लाने, त्यहाँका जनताको कागतपत्र खोस्ने, डकैती गर्ने, गोरू, खसी बोका लुटेर लाने, महिलामाथि अभद्र ब्यबहार गर्ने यस्तो ज्यादती त लामो समयदेखि चलि नै रहेको थियो । तर २०६२ साल पछि भने करिब १४ हजार हेक्टर जमिनमाथि उनीहरूले कब्जा गरेका छन । नेपालको नापी भएको जग्गा हो त्यो । त्यहाँका जनताको नाममा जग्गाधनी लालपूर्जा छ । बर्षौदेखि पुस्तौदेखि बसोबास र खेतीपाती गर्दै आएका थिए नेपालीले । तर एसएसबी (भारतीय सशस्त्र सीमा सुरक्ष बल)ले नेपालीलाई त्यहाँ खेती गर्न दिदैन । जमिन बाझो भएको छ खेतका आलीहरू ताजै देखिन्छन । आफ्नो जमिन अर्काले क़ब्ज़ा गर्यो जनता भूमीहिन भएका छन । यस्तो छ त्यहाँको बास्तविकता । अहिले पनि परम्परागत डुंगाबाट जोखिम मोलेर आउजाउ गर्नुपर्छ । २०५९ संजालमा स्थापना भएको प्राथमिक बिद्यालय मात्र छ । नेपाल प्रहरी छ । शसस्त्र प्रहरी बल सिमामा छ । र जनता अलि ढुक्क छन । आफ्नो जमिन फिर्ता गर्न सकिन्छ भन्ने विश्वासमा पनि छन । भारतीय सिमातिर दुश्मनको ब्यबहार गर्छ । किनमेल गर्न त्रिवेणीतिर आउनुपर्छ । तर पनि आफ्नो जमिनको रक्षा गरेर सिमानामा त्यहाँका जनता बसेका छन । गोपाल प्रसाद गुरूड, आदम खाँ, जयनारायण चौधरीहरूले ‘सुस्ता बचाऊँ’ अभियान चलाउनु भएको छ । मातृभूमी लुटिएको यो एउटा दर्दनाक चित्र छ त्यहाँ । अनि खोक्रो राष्ट्रबाद भन्नेहरूलाई गतिलो जवाफ दिन मन लाग्छ । गण्डक ब्यारेजमा राष्ट्र ठगिएको अर्को घाउ त्यहीनेर पल्टिरहेको छ । उफ ! मनमा ज्वालामूखी विस्फोट हुन्छ यो देखेर ।
म अनेरास्ववियुमा पहिलो पटक संगठित हुदा कोसी, गण्डक, टनकपुरमा राष्ट्र ठगिएको सुनेकी थिएँ । अनेरास्ववियु साच्चै राष्ट्रिय ताको पहरेदार संगठन हो । यहि संगठनले हो सिमा मिचिएको, हेपिएको, भूमि खोसिएको, राष्ट्र ठगिएकोमा जनतालाई जगाउने, शासकलाई खबरदारी गर्ने र चुनौति भएर खडा हुने । यसपटक पनि अनेरास्ववियुको नवलपरासी जिल्ला कमिटीको बैठक सुस्तामा आयोजना गर्दै सुस्ता बचाउ अभियान संचालन गरेको छ यो कार्यक्रममा फेरी एकपटक सहभागि हुन पाएँ । म जिल्ला कमिटीको अध्यक्ष सुशान्त शर्मा घिमिरे सहित सम्पूर्ण साथिहरूलाई धन्यवाद दिन चाहन्छु ।















प्रतिक्रिया