१५ कार्तिक २०८३, आइतबार

डेढ लाखको बार्गेनिङमा समातियो हिउँ चितुवा र तस्कर (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 Tiger-skin-bone-darchula (3)

– नरेन्द्रसिह कार्की
दार्चुला, ३० फागुन । दार्चुलाको राप्ला गाविसको वडा नम्बर ८ कल्जु जंगलमा लुकाइ राखेको हिउँ चितुवाको छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका दुई जनालाई आइतबार सार्वजनिक गरेको छ ।

६ दशमलव ५ ईन्च लम्बाइ भएको छाला र अन्दाजी ५ किलोग्राम अस्तिपञ्जर हड्डीसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।

तस्करमा संग्लन कालीकोट जिल्लाको जुबिधा ८ बस्ने बर्ष ३९ को जनकबहादुर शाही र दार्चुला जिल्ला सुनसेरा गाविस वडा नम्बर २ सिना बस्ने बर्ष ३० को कैलाश भनिने कलम राम पार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नाम्पा हिमालमा पासा थापेर चितुवा मारेको प्रारम्भिक बयानमा बताएका छन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी सुशिलसिह राठौरले भने । प्रहरीले चितुवा मारेको थाहाँ पाएपछि दुम्लीङ प्रहरी परिचालन गरेको थियो ।

प्रहरीले तस्करलाई नियन्त्रणमा लिन व्यापारी बनेर गएका थिए । चितुवा मारेपछि उनीहरु दुम्लीङमा व्यापारी खोज्दै हिडेका थिए । प्रहरीले सबै कुरा बुझ्दै गएपछि सिविलमा प्रहरीलाई व्यापारी बन्न लगाएका थिए, डिएसपी राठौरले सुनाए ।

Tiger-skin-bone-darchula (1)

ति तस्कर सँग १ लाख ५० हजार रुपैयाँमा छाला र हड्डी किन्ने कुरो भयो, डिएसपीले घट्ना क्रम सुनाए, प्रहरीले उनलाई चेक दिए, तर तस्करले ‘चेक हैन नगद’ नै मागे । बरु ५० हजार रुपैयाँ दिनुस नगद हुनुपर्यो । प्रहरीले खलंगामै नगद दिने बताए अनि चितुवाको छाला र हड्डी लुकाएको ठाउँसम्म पुगियो ।

प्रहरीले सो क्षेत्रमा हुने तस्करी रोक्नको लागि झण्डै छ महिना अघिबाट योजना बनाएको थियो । कम्तीमा एउटा तस्करलाई नै नियन्त्रणमा लिन सके उपलब्धी हुन्छ सोचेका थियौ, राठौरले भने, बल्ल पहिलो सफलता मिलेको छ ।

प्रहरीले अपि र नाम्पा क्षेत्रका जंगलहरुमा तस्कहरुले पासाहरु थपेको जनाएको छ । अरु पनि पासा हुन सक्छ उनले भने । यसको लागि अपि नाम्पा संरक्षण क्षेत्र र प्रहरीले मिलेर जानुपर्छ । प्रहरीले नियन्त्रणमा राखेको चितुवाको छाला र हड्डी संरक्षण क्षेत्रको जिम्मा लगाएको छ ।

Tiger-skin-bone-darchula (2)

अपि नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेले भने उनीहरुलाई वन्यजन्तु ऐन अनुसार कार्वाही हुने जनाए । सो ऐन अनुसार कार्वाही भए १ लाख जरिवाना, १५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

यसो त नेपाल र भारतका निकुञ्ज तथा संरक्षित क्षेत्रका बाघ तस्कर नियन्त्रणको लागि अहिले दुवै देशका मुलूक साझा रणनीतिक खाका बनाउने तयारीमा छन् । तर दार्चुलाको तिब्बत क्षेत्रमा भारतीय मार्ग हुँदै तस्कर हुने गरेको पटक पटक सार्वजनिक भएको छ ।

तस्करहरुले हिउँदको समयमा दुम्लीङ हुँदै तिब्बत लिनको लागि सामान ओसारपसार गर्ने गर्छन् । नेपाल र भारतको मार्ग हुदै तिब्बत निकासी हुने गरेको यस अघिका घट्नाहरुले देखाएको छ ।