
– अनिल खत्री
गुल्मी, ३० फागुन । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
घर पोत्नका लागी माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुँगा २ निवासी २६ वर्षिय चम्पा परियार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
ढिस्कोले पुरिएर सोहि स्थानकै ४० वर्षिय सरस्वती रामजाली, ३५ वर्षिय नारायण भण्डारी, ४५ वर्षिय भक्त बहादुर रामजाली गम्भीर घाईते भएका छन् । घाईतेहरुको स्थानिय मेडिकलमा उपचार हुन नसकेपछी पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आईतवार बिहान घर पोत्ने माटो लिन हुँगा गाविसको वडा नं. १ गएका थिए । उनिहरुलाई माटो खन्ने क्रममा ढिस्कोले पुरेको थियो ।
माटोले पुरिएर मृत्यु हुने चम्पा परियारको श्रीमान रोजगारिको शिलसिलामा बिदेसमा रहेको र उनका १ छोरा र १ छोरी रहेका छन् ।
यस्तै शनिवार दिउँसो घर पोत्ने माटो खन्ने क्रममा पौदी अमराईमा पनि एक जना घाईते भएका छन् । घर पोत्नका लागी माटो खन्ने क्रमम पौदी अमराई ९ निवासी बसन्त पाठकी श्रीमती वर्ष २१ की पुस्पा पाठक घाइते भएको प्रहरीले जनाएको छ ।
उनको स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्याल गुल्मीले जनाएको छ ।












प्रतिक्रिया