१५ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुद्वारा आयल निगम घेराउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aakhil-umlकाठमाडौं, ३० फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

आइतबार विहान अनेरास्ववियु केन्द्रीय कमिटीले पेट्रोलियम पदार्थमा भएको कालोबजारी तथा असहज आपूर्तिविरुद्ध निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

बिहान ९ बजे बिद्धर्थीहरु प्लेकार्ड बोकेर आक्रोशित मुद्रामा चर्का नाराबाजीसहित बिरोधमा उत्रेका हुन । नाका सहज हुँदा पनी कालोबजारी नरोकिएको र निगम आफै कालोबजारीमा सम्लग्न भएकाले घेराउ कार्यक्रम आयोजन गरिएको अखिलका महासचिब ऐन महरले बताउनुभयो ।

अनेरास्ववियुको नेतृत्वमा बिद्यार्थीहरुले एक घन्टा धर्ना दिएका थिए । नेपाल आयल निगमको कार्यालय, बबरमहल अगाडि बसेर धर्ना दिएका हुन् ।

यो सांकेतिक बिरोध हो यसलाई कमजोरीको रुपमा नलिन र चाडो भन्दा चाडो इन्धन खाना पकाउने ग्यास सहज पारी जनजीवन सहज बनाउन आग्रह गर्दै अनेरास्ववियुका अध्यक्ष नबिना लामाले तत्काल व्यवस्था नगरे नछाड्ने चेतावनी दिनुभयो ।

आफ्नै पार्टी सरकारमा नेतृत्वमा रहेको बेलामा गरिएको आन्दोलनले आम बिद्यार्थी संगठनमा राम्रो सन्देश गएको नेताहरु बताएका छन् ।