१ कार्तिक २०८३, आइतबार

नवलपरासीको बजेट चार अर्ब ५४ करोड, तीन पत्रकार पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DDC_Nawalparasiनवलपरासी, ३० फागुन । नवलपरासीमा आगामी आव ०७३/७४ का लागि २४औँ जिल्ला परिषद्मार्फत रु चार अर्ब ५४ करोड अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

परासीमा आयोजित बजेट सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले कुल रु चार अर्ब ५४ करोड सात लाख नौ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

विनियोजित बजेटअनुसार पुँजीगततर्फ रु एक अर्ब ४४ करोड १० लाख र चालुतर्फ रु तीन अर्ब नौ करोड ९६ लाख बजेट प्रस्ताव गरिएको छ ।

विनियोजित बजेटमा सबैभन्दा बढी जनसङ्ख्या तथा सामाजिक विकास समितितर्फ रु दुई अर्ब २० करोड ७६ लाख, पूर्वाधार तथा संरचना विकासतर्फ रु एक अर्ब ५७ करोड ८८ लाख, भूमि तथा जलस्रोत विकासतर्फ रु ४१ करोड ७९ लाख, गैरसरकारी संस्थातर्फ रु १९ करोड ८५ लाख र कृषि वन तथा वातावरण विकासतर्फ रु १३ करोड ७७ लाख छुट्याइएको छ ।

विनियोजित बजेटतर्फ कृषि, वन तथा वातारण विकासमा ३.३ प्रतिशत, जनसङ्ख्या तथा सामाजिक विकासमा ४८.६२ प्रतिशत, पूर्वाधार तथा संरचना विकासमा ३४.७७ प्रतिशत, भूमि तथा जलस्रोत विकासमा ९.२ प्रतिशत र जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरुको ४.३७ प्रतिशत रहेको छ ।

तीन पत्रकार पुरस्कृत

जिल्ला विकास समिति नवलपरासीको २४औँ जिल्ला परिषद्को अवसरमा जिल्लामा क्रियाशील तीन पत्रकारलाई पुरस्कृत गरिएको छ ।

परासीमा भएको सो कार्यक्रममा विजय एफएममा कार्यरत पत्रकार हिमालदेव पङ्गेनी, कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता नवीन पौडेल, त्रिवेणी टेलिभिजनका पत्रकार रवि पाण्डेलाई सञ्चारमाध्यम र पत्रकारितामार्फत जिल्लामा सञ्चालित विकास निर्माणलगायत सामाजिक सरोकारका विषयमा उल्लेखनीय सहयोग गरेको भन्दै नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । रासस