१५ कार्तिक २०८३, आइतबार

भारतले अतिक्रमण गरेको सुस्ताबारे एमाले नेतृ रामकुमारी झाक्रीको नयाँ खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakri– मोहन पौडेल
परासी, २९ फागुन । नेकपा एमालेकी प्रभावशाली युवा नेतृ रामकुमारी झाक्रीले भारतीय अतिक्रमणमा परेका सुस्तासहितका नेपालका भुभाग फिर्ता ल्याउन एमालेले पहल गरिरहेको खुलासा गर्नुभएको छ ।

अनेरास्ववियु नवलपरासीले आज त्रिवेणी सुस्ता गाविसको सुस्तामा आयोजना गरेको सुस्तावासीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले एमालेले भारतसँग पहल गरिरहेको बताउनुभएको हो ।

अनेरास्ववियुकी पूर्व केन्द्रीय अध्यक्ष समेत रहेकी नेत झाक्रीले एमालेको सरकार रहँदासम्म यसका लागि अधिकतम पहल भईरहेको र सरकारमा नभए पनि अतिक्रमित भुमिको बारेमा भारतसँग एमालेका नेताहरु मात्रै कुरा उठाउन सफल भएको समेत दाबी गर्नुभयो । अतिक्रमित भुमी फिर्ता लिनका लागि सवै युवा एकजुट हुन पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै, अनेरास्वियुका केन्द्रीय सचिव आरती लामाले सुस्ताका समस्या समाधानमा अनेरास्ववियु केन्द्रीय समितिले केन्द्रीय स्तरमा निरन्तर घच्घचाउने बताउनुभयो ।

अनेरास्ववियुका अर्का केन्द्रीय सचिव सुदेश पराजुलीलेले सुस्तासहित नेपालका अतिक्रमित भुमिको रक्षाका लागि युवाको एकता हुनुपर्नेमा जोड दिनुभयो । सांसद कृष्ण पौडेलले सुस्ता सहित अतिक्रमित भुमिको रक्षाका लागि आफुँहरुले कुरा उठाईरहेको र आगामी दिनमा पनि यस्बारेमा सम्बन्धित निकायमा कुरा उठाउन पछाडि नपर्ने बताउनुभयो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष मदन गिरी, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, एमाले क्षेत्रीय अध्यक्ष रामप्रसाद पाण्डे लगायतले पनि बोल्नुभएको थियो ।