१५ कार्तिक २०८३, आइतबार

तराईमा शुरु भयो एमाओवादीको प्रशिक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

भैरहवा, २९ फागुन । एनेकपा माओवादीले पछिल्लो समय देशभर अगुवा कार्यकता भेला तथा प्रशिक्षण जारी राखेको छ ।

पार्टी छाडेर नयां शक्ति अभियान चलाएका डा. बाबुराम भट्टराईले देशभरी नयाँ शक्तिको नाममा प्रशिक्षण दिइने र कार्यक्रम चलाईरहदा प्रचण्ड नेतृत्वको एमाओवादीले पनि आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण दिईरहेको छ ।

यसैबीच पश्चिम तराईको रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा पनि प्रशिक्षण सम्पनन भएको छ । एमाओवादी सिद्धार्थनगर नगरकमिटिको आयोजनामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा पशिक्षण कार्यक्रममा एमाओवादी स्थायी समिति सदस्य तथा ५ नम्वर प्रदेश इञ्चार्ज चन्द्र प्रकाश खनाल ‘बलदेव’ले मधेस आन्दोलन, भारतीय नाकाबन्दी, आगामी संबिधानको कार्यान्वयन, पार्टीको पुनर्निर्माण, देशको आर्थिक समृद्धीको विषयमा प्रशिक्षीत गर्दै एमाओवादीले भुमिका सधैं निर्णायक हुने हुदां ढुक्क भएर पार्टि काममा लाग्न कार्यकर्तालाई निर्देशन दिदैं भने आन्तरिक जनबाद बलियो भएमा हामी त्यसै शक्तिशाली हुन्छौं ।

सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज माधव शर्माले पार्टीका आन्तरीक समस्या र यसको समाधान तथा लेलिनवादी पद्धतीको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका थिए ।

पार्टिका नगर संयोजक सन्देश चापागाईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राहुल, सचिव प्रेम गुरुङ, सचिवालय सदस्य सोमनाथ शर्मा लगाएतको उपस्थित रहेको एमाओवादीका जिल्ला सचिवालय सदस्य चोपलाल आर्चायले जानाकारी दिए ।

पार्टीका नगर सचिव मनिष कुमार जोशीको सञ्चालन तथा नगर सहसंयोजक गोविन्द केवटको स्वागतमा सञ्चालन भएको कार्यक्रममा १ सय ७३ जना अगुवा कार्यकर्ताहरुका सहभागीता रहेको थियो ।