१५ कार्तिक २०८३, आइतबार

पाँच नम्बर प्रदेशमा दीपक र देबेन्द्रको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak Giriकाठमाडौं, २९ फागुन । कांग्रेसले आजदेखि सुरू गरेको प्रदेशको मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारद्वय दीपक गिरी र देवेन्द्रराज कँडेलले अग्रता लिएका छन् ।

प्रदेशबाट दुई केन्द्रीय सदस्य लैजाने नयाँ व्यवस्था गरिएको छ । सोहीअनुसार प्रतिस्पर्धा भएको हो । ५ नम्बर प्रदेशबाट १० जनाले उम्मेदवारी दिएका थिए ।

गिरीले १०२ र कँडेलको ८५ मत रहेको छ । उनीहरूलाई भरत कुमार शाहले ७८ र रेवतीप्रसाद भुसालले ५५ मतसहित पछ्याइ रहेका छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार राजु खनालले २० मत पाएका छन् । रामबहादुर कार्कीले १३, राजनप्रसाद पन्तले ९, दीवाकर गौतमले ७, भरतवहादुर न्यौपानले ६ र खिमानसिंह रायमाझीले ४ मत पाएका छन् ।