२९ आश्विन २०८३, बिहिबार

तलबको सट्टामा महिलासँग जे पनि गर्न पाउने देश ! महिलाहरु दिनमा १० जनासँग सेक्स गर्न बाध्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-00

एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ कि तलबको सट्टामा महिलासँग जे पनि गर्न पाउने अधिकार दिने देश ।

तर, यो यथार्थ हो । गृहयुद्धमा फसेको दक्षिणी सुडानमा अमानवीय हर्कतको यो पराकाष्टको पर्दाफास भएको छ । जहाँ महिलाहरु एकैदिन १० जना भन्दा बढी सैनिक पुरषको यौनसिकार हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययनमा दक्षिण सुडानको सेनासँग आवद्ध लडाकुलाई तलब दिनुको सट्टा महिलासँग जे पनि गर्न पाउने अधिकार दिएको पाइएको छ ।

जसमा उनीहरुले महिलाहरुको बलात्कार गर्ने, विरोधमा आउने महिलाका पतिको हत्या गरिदिने र धनमाल पनि लुटेर लग्ने गरेका छन् ।

दक्षिणी सुडानको यूनिटी नामक राज्यमा भइरहेको यो अत्याचार अन्तर्गत गत वर्ष मात्रै १३ सय महिलाको बलात्कार भएको थियो । सेनाले आम मानिसको हत्या र बलात्कार गर्ने गरेको भन्दै राष्ट्रसंघले यो युद्ध अपराधसरह भएको जनाएको छ ।

यता राष्ट्रसंघको आरोप अस्वीकार गर्दै सुडान सरकारले यो विषयमा अनुसन्धान भने भइरहेको जनाएको छ । राष्ट्रपति सल्भा कीरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरुले नियमानुसार काम गरिरहेको जिकीर गरेका छन् ।

सन् २०१३ मा राष्ट्रपति कीरले उपराष्ट्रपति रीक माशरलाई पदबाट हटाएपछि कीरको सत्ता पल्टाउने प्रयास भएलगत्तै दक्षिणी सुडानमा गृहयुद्ध सुरु भएको थियो र अहिलेपनि जारी छ ।

लडाकूहरुलाई जे सक्छौं गर, जे लैजान्छौं लैजाउ भन्ने आदेश भएकाले उनीहरुले आफ्ना तलबको सट्टामा महिला र बालिकालाई साथै लैजाने र बलात्कार गर्ने गरेको दावीसहितको प्रतिवेदन राष्ट्रसंघले बाहिर ल्याएको हो ।

उनीहरुले आम जनताको निजी सम्पत्ति पनि लुट्ने गरेका छन् । राष्ट्रसंघीय मानवअधिकार आयुक्त जैद राद अल हुसैनले दक्षिणी सुडानमा हुने गरेको यौन हिंसा संसारकै सबैभन्दा ठूलो मानवअधिकार हननमा पर्ने बताएका छन् ।

एक महिलाले आफ्नै आँखा सामुन्ने आफ्ना पतिको हत्या गरिएको र आफ्नी १५ वर्षीया छोरीको १० जना सैनिकले सामूहिक बलात्कार गरेको बताएकी छिन् ।