१५ कार्तिक २०८३, आइतबार

हात्तीपाइले रोगविरुद्ध आजदेखि औषधि ख्वाइँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khopeकाठमाडौँ, २९ फागुन । परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग उन्मूलनका लागि यो वर्षको औषधि सेवन अभियान आजदेखि सुरु हुँदैछ ।

अभियानअन्तर्गत ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाइँदै छ । नेपालका ६१ जिल्लामा यो रोगको सङ्क्रमण देखिएपछि सन् २००३ बाट औष्ािध सेवन कार्य सञ्चालन गरिएकामा २५ जिल्लामा औषधि खुवाउने कार्यक्रम सकिसकेको छ । बाँकी ३६ जिल्लामा आजदेखि तीन दिनसम्म निःशुल्क औषधि खुवाइने स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बताउनुभयो ।

विश्वमा अपाङ्ग बनाउने कृष्ठरोगपछि सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगविरुद्ध गत वर्ष एक करोड ६८ लाख मानिसलाई यो रोगको औषधि खुवाइएको थियो ।

निर्देशक मरासिनीका अनुसार यो औषधि ६ चरणसम्म खानुपर्छ । २५ जिल्लामा ६ चरणसम्मै औषधि ख्वाइसकिएको छ भने बाँकी जिल्लामा पनि औषधिको मात्रा पूरा हुने क्रममा छ ।”

आजदेखि भोजपुर, इलाम, झापा, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, पाँचथर, सप्तरी, सिरहा, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा, र दार्चुलामा आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ ।

अभियान सञ्चालनका लागि १३ हजार ७८ स्वास्थ्यकर्मी तथा ६५ हजार ६७८ स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्करी, छारे रोगी, सिकिस्त बिरामीले खान नहुने बताइएको छ । रासस