१५ कार्तिक २०८३, आइतबार

रोजगारीका लागी दुबईमा गएका एक नेपालीको समुन्द्रमा डुबेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

File-photoदमक, २८ फागुन । समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।

गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीका क्रममा दुबई पुग्नुभएको थियो । उहाँको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताउनुभयो । रासस