
– कृष्ण ओझा
पाँचथर, २८ फागुन । नेकपा एमाले मेची अञ्चल कमिटीको आयोजनामा मेचीको पर्यटन प्रवद्र्धनका लागि पूर्वको मेचीमा एमालेको जम्बो टोली विकासका लागि तातेको छ ।
फिदिममा आयोजित प्रेस चौतारी पाँचथरको पत्रकार सम्मेलनमार्फत टोलीले विकासका गतिविधिबारे जानकारी गराएको हो ।
पर्यटन बिकासका लागि गरिएको भ्रमणको उद्देश्य भने झापाको सुखानी पार्कदेखि ताप्लेजुङको ढुंगे साँघुसम्मको पर्यटकीय स्थानहरुको भ्रमण गर्ने भ्रमण टोलीका संयोजक एवं एमाले केन्द्रिय सदस्य डम्बर सिंह सम्वाहाम्फेले जानकारी दिए ।
कार्यक्रम झापा, इलाम, पाँचथर र ताप्लेजूङको एक हप्ताको भ्रमण तालीका रहेको र सो अवधिमा बिभिन्न पर्यटकीय क्षेत्रमा टोली स्थलगत अध्ययन तथा अवलोकन गर्ने एमाले पाँचथरले जनाएको छ ।
टोलीका संयोजक सम्वाहाम्फेले जनाए अनूसार कार्यक्रम झापाको सूखानी पार्क बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधान मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरको जनाए ।
कार्यक्रममा एमालेका ७५ वटै जिल्ला अध्यक्ष, अञ्चल ईर्चाज, केन्द्रिय कमिटीका पदाधीकारी सहितको एक सय पचास जनाको जम्बू टोली रहेको आयोजक समीतिका संयोजक सम्वाहाम्फेले संचारकर्मीहरुमाझ जनाएका छन ।
सो कार्यक्रम ईलाम हूदै पाँचथरमा फागून ३० गते आई पूग्ने र पाँचथरको सिलौटी, लब्रेकूटी सम्हात्लूङ, जोरपोखरी, आगेजूङ गूम्वा ,थर्पू गाविसको निसान ,नौमौले ऐतिहाँसिक हिलिहाङदरवार हूदै चैत्र १ गते साँझ ताप्लेजूङ प्रस्थान गर्ने पाँचथर एमालेले जनाएको छ ।
पर्यटन का संयोजक रहेका सम्वाहाम्फे र्पूव स्थानीय राज्य मन्त्रिहूदा कामगर्न नसकेका ब्यक्तिभएकाले पर्यटन क्षेत्रमा खासै काम हून नसक्ने पूराना पूर्व एमाले कार्यकर्ता हिमाल शर्माले आसंका गरेका छन ।
उक्त अभियानमा फिदिममा जातीय झाकी प्रस्तूत गर्नूका साथै एमालेका प्रभाव साली नेता तथा संसदिय दलका उप नेता एवं पूर्व सभामूख सूवास नेम्वाङले पाँचथरमा चैत्र १ गते सम्वोधन गर्नू हूने छन ।
कार्यक्रम पर्यटन अभियानकै क्रममा रहेको जानकारी एमाले जिल्ला सचिव तिबेन्द्रराज चापागाइले जनाएको चौतारीका अध्यक्ष तूलसी थापाले बताएका हून ।















प्रतिक्रिया