
– कृष्ण ओझा
पाँचथर, २८ फागुन । स्थानीय बिकास राज्य मन्त्री कुन्ती शाहीले सरकार प्राथमिकताका साथ स्थानीय निर्वाचनको तयारीमा लागेको बताएकी छन् ।
पाँचथरको २४ औं जिल्ला परिषदलाई उद्घाटन गर्दै मन्त्री शाहीले जनप्रतिनिधि बिहिन अवस्थामा सरकारी कर्मचारीहरुले जनप्रतिनिधिको काम गर्नुपरेकोमा दुःख व्यक्त गर्दे जिल्लाको सबै विकासका लागि स्थानीय नागरिक तहबाट सशक्त रुपमा लाग्नुपर्ने बताईन ।
उनले परिषद्बाट पारित स्वीकृत बजेटलाई सकरात्मक सोचबाट लागु गर्न लाग्न सबैलाई आव्हान पनि गरिन् । स्थानीय निकायबाट संविधानले दिएका अधिकारहरु समतामुलक समाज निर्माणमा लागेकोे र भाषा, संस्कृति, सस्कारलाई कार्यान्वयनमा ल्याउन सकार लागी परेको बताइन् ।
पाँचथर जिल्लको २४ औं जिल्लापरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रम २०७२ आब २०७३/०७४को बजेट प्रतिबेदन स्थानीय बिकास अधिकारी कोमल प्रसाद धमलाले प्रस्तुत गरेका थिए । धमलाले जिल्लाका सरोकारवालाहरुको कार्ययोजनाबाट पारित एकीकृत बजेट उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट आब २०७३/७४ को जिल्ला विकास समितितर्फ जम्मा ६७७७८३ रहेको छ । भौतिक पूर्वाधार विकास समितितर्फ ७७७८८७ रहेको छ । सामाजिक विकास समितितर्फ ५०७७२० रहेको छ ।
वन तथा वातावरण समिति तर्फ ७५८९४ रहेको छ । आर्थिक विकास समिति तर्फ १३४६२० रहेको छ । कूल जिल्लाको समग्र विकासको बजेट २१७३९०४ रहेको बिहीबार सार्वजनिक गरिएको हो ।
परिषदले सार्वजनिक बजेटलाई सूझाव सहित अत्यन्त राम्रो र स्थानीय बिकास अधिकारी कोमल प्रसाद धमलाले प्रस्तुत बजेटप्रति बिकासको नयाा सोच नितिलाई प्रंशसा गर्दैै सरोकारवालाले शुभकामना सहित दिएका थिए ।















प्रतिक्रिया