७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीलाई चीनबाट आयो आकर्षक प्रस्ताव !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinping-and-KP-oli

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी लि खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् । चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् – कत्रो विमान पठाउँ ?’

प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।

खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो । कान्तिपुर दैनिकमा खबर छ ।