१५ कार्तिक २०८३, आइतबार

क्याम्पस प्रमुखले विद्यार्थीसँग यसरी माफी मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CCF03112016_00000– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २८ फागुन । डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराका क्याम्पस प्रमुख नेत्रप्रसाद पनेरुले विभिन्न विद्यार्थी संगठनहरुसंग लिखित रुपमा माफी मागेका छन् ।

क्याम्पसमा तीन जना कर्मचारी नियुक्तिका लागि क्याम्पस प्रमुखले मनोमानी कर्मचारी भर्ना गर्न खोजेको भन्दै विभिन्न संगठनहरुले क्याम्पसमा फागुन २१ गते तालाबन्दी गरेका थिए ।

क्याम्पसमा लगाइएको तालाबन्दी हालसम्म पनि नखुल्दा क्याम्पसको पठनपाठन प्रभावित भएको र आफूबाट भएको गल्त लाई क्षमा गरिदिनु हुन भन्दै क्याम्पस प्रमुखले लिखित रुपमा क्षमा याचना गरेका हुन् । उनले विद्यार्थी संगठनहरुलाई वार्तामा आउनु आग्रह गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् ।

कर्मचारी भर्ना प्रक्रिया खारेज नभएसम्म क्याम्पस प्रशासनको तालबन्दी नखुल्ने अध्यक्ष जोशीले बताए ।