१६ कार्तिक २०८३, सोमबार

गच्छदारलाई टक्कर दिन नयाँ पार्टी गठन, दलमा को-को छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar Lekhiकाठमाडौं, २८ फागुन । थारु नेता राजकुमार लेखीले नयाँ राजनीतिक दल खोलेका छन् । उनले आफ्नो पुरानो पार्टीको झल्को दिने गरी नयाँ पार्टी खोलेका हुन् ।

लेखिले आफ्नै नेतृत्वमा नागरिक समाजवादी पार्टी (नासपा) गठन गरेका हुन् । उनले बिहीबार काठमाडौंमा विशेष कार्यक्रम गरेर नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

नयाँ पार्टीमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी छ । समितिमा सप्तरीका राज थारु प्रवक्ता तोकिएका छन् ।

केन्द्रीय सदस्यहरुमा नगेन्द्र राजवंशी (मोरङ), यशोदा चौधरी (दाङ), फकिर थारु (वर्दिया), कल्पना चौधरी (मोरङ), वृजमोहन चौधरी (पर्सा), इन्द्रनारायण यादव (सप्तरी) रहेका छन् ।

Nagrik Samajbadi Party Rajkumar Lekhiत्यस्तै, केन्द्रीय कमिटीमा तेजनारायण चौधरी (सुनसरी), अनिल चौधरी (सप्तरी), कलानन्द मिश्र (काठमाडौ), दीपा चौधरी (झापा), महम्मद कैयुम (बाँके), सरस्वती चौधरी (उदयपुर), पुरन चौधरी (सप्तरी), मनोज ठाकुर (सिराहा), अजय चौधरी (सिराहा), सीजेन्द्र सदाय (सिरहा), दिनेश उराव (सुनसरी), जैनु थारु (काठमाडौं), सुशिला चौधरी (सुनसरी), कञ्चन चौधरी (सिराहा), सुरज थारु (सिराहा), चञ्चल चौधरी (चित्तवन), प्रकाश चौधरी (रुपन्देही) तुलसी थारु (सप्तरी) र लक्षिमा चौधरी (दाङ) रहेका छन् ।

मूलधारको पार्टी रहेको दावी गर्दै संयोजक लेखीले चैत पहिलो साताबाट पार्टी विस्तार कार्यक्रमलाई देशव्यापीरुपमा अगाडि बढाउने बताएका छन् ।

संयोजक लेखीले पार्टीमा फोरम (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र समाजवादी लोकतान्त्रिकका नेता तथा कार्यकर्तालाई समेटेर नयाँ पार्टी निर्माण गरिएको सो पार्टीका प्रवक्ता राज थारुले बताए ।