
काठमाडौं, २८ फागुन । संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् ।
दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौ पटकसम्म उपचार खर्च बुझेका छन् ।
सांसद मेघराज नेपाली निषदले नौ पटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।
कांग्रेसका सांसद मोहनप्रसाद बरालले आफू आक्रमणमा परी उपचारमा संलग्न रहेको भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।















प्रतिक्रिया