१ कार्तिक २०८३, आइतबार

नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Chaudharyकाठमाडौँ, २७ फागुन । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।

चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उहाँलाई विश्वका अर्बपतिको एक हजार ५७७ आँै स्थानमा राखेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ ।

नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोब्र्सले उल्लेख गरेको छ ।

उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ । रासस