१६ कार्तिक २०८३, सोमबार

शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सफलः गृहमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnet

काठमाडौँ, २७ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी संगठन सफल रहेको बताउनु भएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागद्धारा आयोजना गरिएको अपराध नियन्त्रण तथा अनुसन्धानको सम्बन्धमा अंचल प्रहरी कार्यालयहरुलाई सुम्पिएको थप जिम्मेवारी तथा महिला तथा बालबालिका सेवा केन्द्रहरुको कार्य अनुगमन सम्बन्धमा अंचल प्रहरी कार्यालयका प्रमुखहरुसंग एक दिवसीय अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री बस्नेतले उक्त कुरा बताउनुभएको हो ।

शान्ति सुरक्षासंग सम्बन्धीत चुनौतीहरुलाई सामाना गर्न प्रहरी संगठन सफल र सक्षम रहेको छ उहाँले भन्नुभयो “प्रहरीले आप्mनो भूमिका एवं जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेको छ” ।

बदलिदो परिस्थितिमा आइपर्ने चुनौतीलाई पहिचान गर्न नयाँ नयाँ अपराध नियन्त्रणका तरीका एवं प्रविधिको खोजी गरी राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न संगठन लागि रहने विश्वास समेत व्यक्त गर्नुहुदै महिला तथा बालबालिकाको अधिकारलाई संरक्षण गरी उनीहरुलाई न्यायको पहुचसंग पु¥याउने बातावरण सृजना गर्न अन्तरक्रिया कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले अपराध नियन्त्रण तथा अनुसन्धानको सम्बन्धमा अंचल प्रहरी कार्यालयहरुमा देखिएका समस्यालाई समाधान गर्न उपलव्ध स्रोत साधनको अधिकत्तम प्रयोग गरी सकारात्मक सोचका साथ समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

अपराधको अनुसन्धान ज्यादै मेहनतले गर्नुपर्ने कार्य भएकाले अनुसन्धान गर्न सक्ने जनशक्तिलाई पहिचान गरी अनुसन्धानकै क्षेत्रमा काम कारवाही गराउदा अनुसन्धान सफल भई संगठनलाई मजबुद गराउन टेवा पुग्ने बताउदै अनुसन्धानमा सुम्पिएको थप जिम्मेवारीलाई बहन गर्न अनुसन्धान प्रक्रिया समयानुकुल परिमार्जन गर्दै सवल र सशक्त बनाउन सहभागीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले तालिम प्राप्त जनशक्तिलाई सोही क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञान राज शर्माले धन्यबाद ज्ञापन गर्नुहुदै अपराध अनुसन्धान प्रहरीको प्रमुख कार्य भएकाले यसलाई योजनाबद्ध ढंगले लैजानुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो

कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्र सुदृढिकरण योजना, अपराध नियन्त्रण तथा अनुसन्धान कार्यको अनुगमन तथा मुल्यांकनमा अंचल प्रहरी कार्यालयहरुको जिम्मेवारीहरु , नेपाल प्रहरीमा डिजिटल फरेन्सिक ल्याव र यस्को प्रयोग, भौतिक सबुद प्रमाणको संकलन र सुरक्षाका त्रुटिहरु तथा परिक्षण प्रतिवेदन र नेपाल प्रहरीमा पोलिग्राफ परिक्षण सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो ।

सहभागी अधिकृतहरुलाई केन्द्रीय प्रहरी विधि बिज्ञान प्रयोगशाला, डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ, सिआरएसको स्थलगत अवलोकन समेत गराइएको थियो ।

अंचल प्रहरी कार्यालयका प्रमुखहरुबाट प्रस्तुतीकरण गरिनुका साथै बिभागीय प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो ।

प्रहरी नायव महानिरीक्षक बिजय कायस्थले स्वागत मन्तव्य राख्नु हुदै कार्यक्रमको औचित्य तथा अपराध अनुसन्धान बिभागको आ.व. २०७२÷०७३ को कार्ययोजना सम्बन्धमा जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।