
बनेपा, २७ फागुन । ‘के गर्ने गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तै सुन्दा पनि लाजै मर्दो उता केपी र माधव कमरेड केक काटेर जन्म दिन मनाइ रहेका छन् यता पार्टि अध्यक्ष कमरेडको आफैले निर्णय गरेको प्रशिक्षण छाडेर अवैधानिक भन्दै गुट चलाउदै छन’ मंगलबार काभ्रेको बनेपामा नेकपा एमाले काभ्रेले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा विकट डाडापारीबाट आएका एक जना कर्ताकर्ताले दुखेसो पोखे । ‘हामी पार्टीका लागि दुई दिन सम्म भोकै हिडेर आज बल्ल यहाँ आयौ तर यहाँ चै अध्यक्ष कमरेड वाइवाको यो कस्तो चाला अवसर पनि अनि घुर्की पनि ?’ भन्दै ति कार्यकर्ताले बनेपाको उग्रचण्डी वैन्कुटमा आशु नै झारे ।
नेकपा एमाले काभ्रेको नौँ जिल्ला अधिवेशन पछिको पहिलो बैठकले जिम्मेवारी वाडफाँड गरेपश्चिात विभिन्न विभागहरुले आ–आफ्नो कार्यभार अगाडि बढाउने क्रममा स्थानिय निकाय विभागले जिल्लामा गरेको कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवा बढो हर्षका साथ उपस्थित हुनु भएको थियो ।
सोही कार्यक्रममा अध्यक्ष वाइवाले जिल्लामा कुनै गुट उपगुट नभएको उद्घोष गर्नुभयो । गुट समाप्त भएको घोषणा गरेको केहि साता नबित्दै स्कुल विभागले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गत सोमबार सुरु हुनु भन्दा केहि समय अगाडी अध्यक्ष वाइवाले जिल्ला कमिटीको निर्णय टुङ्गोमा नपुगेको भन्दै प्रशिक्षण तथा भेला नगर्न एउटा प्रेश विज्ञप्ति निकालेपछि एमाले काभ्रेमा गुटिगत विवाद छताछुल्ल भएको छ ।
पार्टी अध्यक्ष भेला तथा प्रशिक्षणमा नै बहिस्कार गरेपछि सोमबार स्थायी कमिटी सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा जिल्लाको बनेपामा उपाध्यक्ष अशोक व्याञ्जुको नेतृत्वमा प्रशिक्षण सम्पन्न भयो ।
माधव नेपाल पक्ष रहेका अध्यक्षको पक्षमा जिल्लामा ७ जना जिल्ला कमिटी सदस्य मात्रै रहेका छन् भने बाँकी ६४ जना जिल्ला कमिटी सदस्य तथा पदाधिकारीहरु ओली पक्षका रहेका छन् ।
एमाले स्रोतका अनुसार नेता पोखरेलले प्रशिक्षण दिने भएपछि अध्यक्ष वाइवाले पार्टिको जिल्ला कमिटी बैठकमा आफैले गरेको निर्णय माथी कुल्चीएर विज्ञप्ती निकालेका हुन् ।












प्रतिक्रिया