– पशुपति जिसी (ओमान, मस्कट)
वैदेशिक रोजगारीका लागि नेपालीहरु विभिन्न देशमा पुगेका छन् । त्यहाँ पुगेका नेपालीहरुले प्रवासी नेपालीका संघसंस्थासमेत स्थापना गरेका छन् । अन्य मुलुकमा जस्तै ओमानमा पुगेका नेपालीहरुले पनि विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय, धार्मिकलगायतका संघसंस्था स्थापना गरेका छन् । उनीहरु ती संस्थामा आबद्ध छन् ।
त्यसरी स्थापित संस्थाले हप्तैपिच्छे विभिन्न कायृक्रम गर्दै आएको छ । त्यसैले त ओमानमा रहेका नेपालीलाई कार्यक्रममा जान भ्याइनभ्याइन हुने गर्दछ । कुनै दिन त एक भन्दा धेरै कार्यक्रम हुँदा प्रवासी नेपालीलाई मात्र होइन अतिथिका रुपमा बोलाइएका राजदूत वा नियोगका कर्मचारी नै अप्ठ्यारो पार्दछ ।
पछिल्लो केही समय यता ओमानमा साँस्कृतिक कार्यक्रमबाहेक अन्य रचनात्मक कार्यक्रम आयोजना गर्ने चलन बढेको छ । विशेष गरी नेपाली संस्थाहरुले भलिबल प्रतियोगिता आयोजना गरेको देखिन्छ । ओमानमा स्थापना गरिएका धेरै जसो संस्थाले आ–आफ्नो टीम बनाएका छन् र पालैपालो प्रत्येकले खेल प्रतियोगिता आयोजना गर्दछन । अनि खेलको माध्यमबाट आपसमा लडाईं गर्छन् । पुरस्कारको ब्यवस्था पनि त्यस्तै हुन्छ ।
खेल मैदानको एक साइडमा खसिहरु बाँधिएका हुन्छन् । तिनै खसीका लागि लड्छन संघ–संस्था पनि । विजेताले खसी पुरुस्कार लिँदा वा आयोजकले दिँदा फोटो लिईन्छ र सामाजिक सञ्जाल फेसबूकबाट शेयर गर्ने गरिन्छ । विदेशमा काम गर्ने धेरै नेपालीका बिदेशी साथी पनि हुन्छन् । अनि सोध्छन् फोटो देखाउँदै तिमीहरूले यो के गरेको ? हामी भन्छौं– भलिबल प्रतियोगिता । अनि सोध्छ बाख्रो भलिबल मा के का लागी ? साच्चिकै भलिबलमा बाख्रो अथबा खसी के का लागि ?
हुन त आफ्नो मनोकामना पूरा हुन्छ भन्दै पशु बली दिईरहेका छौं हामी । कुल देवता खुशी पार्न पशु बलि दिइरहेका छौं । यहाँसम्मकी आफ्नो ग्रह पन्छ्याउन अर्कैको बच्चाको बली दिएको घटना पनि हाम्रै देशमा भएको छ । प्रधानमन्त्री भएपछि नेताले बालुवाटार प्रबेशभन्दा पहिले कालो बोकाको बली दिने परम्परा भएको देशका नागरिक हामी, यो खसिको लडाईं सामान्य लाग्न सक्छ । तर अन्य देशका नागरिकको प्रश्नको जवाफ मसँग थिएन ।
अहिलेका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले कालो बोकाको बली दिने परम्परा त तोडनुभयो । हामीले कहिले तोड्छौ खसीको पुरुस्कार दिने परम्परा ? यही खसी पुरस्कार दिने चलन गलत भन्दै यी प्रतियोगितामा भाग नलिएका प्रवासी नेपाली मञ्च, ओमान पनि धेरै समय यो लडाईंबाट बाहिर बस्न सकेन र उ पनि उक्त लडाइँमा पछिल्लो प्रतियोगिताबाट होम्मिएको छ ।
(जिसी प्रवासी नेपाली मञ्च, ओमान, प्रचार–प्रसार विभाग प्रमुख हुन्)















प्रतिक्रिया