१५ कार्तिक २०८३, आइतबार

शिक्षकलाई विद्यार्थी माथिकै बात लागेपछि …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexual-Harashmentइनरुवा, २७ फागुन । सुनसरीका एक शिक्षकलाई विद्यार्थीमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।

रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका शिक्षक विष्णुदेव पौदारमाथि यौन दुव्र्यवहारको आरोप लागेको हो ।

शिक्षक पौदारले मादक पदार्थ सेवन गरी सोही गाविसकै एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेका थिए ।

आफूले पठाउँदै आएकी विद्यार्थीको घरमा मातेर पुगेका शिक्षकले अस्लिल शब्द प्रयोग गरी जबरजस्ती गर्न खोजेको स्थानीयले बताएका छन् । पौदारमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनलाई विद्यालयले निष्कासन गरेको छ ।

यसअघि शिक्षक पौदार श्रीमावि देवागन्जमा छँदा पनि यस्तै आरोपमा निष्कासनमा परेको बताइएको छ ।