
काठमाडौं, २७ फागुन । मोबाइल प्रयोगकर्ताका लागि खुसीको खबर छ ।
यो खबर विश्वकै प्रख्यात सामसुङ कम्पनीबाट आएको हो । जसले सुविधा धेरै तर, मूल्य थोरै भएको स्मार्टफोन बजारमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्ल्यागसिप फोनहरु ल्याइसकेपछि सामसुङले कम मूल्यको स्मार्टफोन ल्याएको हो ।
‘ग्यालेक्सी जे वान मिनी’ नामक यो मोबाइललाई कम्पनीले फिलिपिन्समा सार्वजनिक गरेको हो । यसको प्रारम्भिक मूल्य करिब १० हजार रुपैयाँ तोकिएको छ ।
नेपाल लगायत विश्व बजारमा यो मोडल छिट्टै आउने बताइएको छ ।
यो मोबाइलमा ४ इन्चको डिस्प्ले, १.२ जीएचजेड क्वाडकोर प्रोसेसर, ०.७५ जीबी र्याम, ८ जीबी इन्टरनल मेमोरी (जसलाई १२८ जीबीसम्म बढाउन सकिनेछ), ५ मेगापीक्सेल क्यामरा, १५०० एमएएच पावरको ब्याट्री रहेको छ ।
एन्ड्रोइड ५.१ ललिपपमा ओएसमा काम गर्ने यो मोबाइलमा दुईवटा सिम लाग्छ । यसलाई सस्तो र आधुनिक मानिएको छ ।















प्रतिक्रिया