३० आश्विन २०८३, शुक्रबार

लसएञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NEAJA adhibeshanलसएञ्जलस, अमेरिका । अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजाको पाँचौं अधिवेशनको तयारी तीव्र रुपमा जारी छ ।

नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख लस एञ्जलसमा हुन लागेको अधिवेशन तयारी समितिका संयोजक समेत रहेका नेजाका सचिव सुदीप पन्तले जानकारी दिनु भएको छ ।

हाल नेजाले अप्रिल तीन तारिखसम्म म्याद राखी अधिवेशनमा सहभागिताका लागि सदस्यता वितरण र नवीकरणको कार्य जारी राखेको छ ।

यसैगरी नेजाले आफ्नो द्वैवार्षिक प्रकाशन’प्रयास’ समेत यो अधिवेशनको अवसर पारेर प्रकाशन गर्दैछ । यस वर्ष नेजाले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको नेजा ग्रामीण पत्रकारिता पुरस्कार समेत प्रदान गर्दैछ ।

पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ ।
यसैबीच नेजाले अधिवेशनस्थल लस एञ्जलसमा अधिवेशनको तयारी र नेजाका गतिविधिका बारे समुदायका सदस्यहरुसंग छलफल गर्न लागेको छ ।

आगामी शनिवार स्थानीय समय अनुसार साँझ ८ बजे स्थानीय नेपाल अमेरिका एकता समाजको कार्यालयमा यस्तो छलफल र अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव सुदीप पन्तले प्रेषित गर्नु भएको समाचारमा उल्लेख छ ।

सहभागिताका लागि आफुहरुले स्थानीय समुदायका सबै सदस्यहरुलाई आमन्त्रण गरिरहेको कार्यक्रम व्यवस्थापनमा खटिरहनु भएका नेजाका सदस्य अग्नी चौलागाईले जनाउनु भएको छ ।

कार्यक्रममा सहभागी हुन बाल्टिमोरमा रहनु भएका नेजाका अध्यक्ष गौतम दाहाल समेत लस एञ्जलस आउनु हुने समेत पन्तले जनाउनु भएको छ ।

लसएञ्जलसमा हुने कार्यक्रम सम्बन्धी सूचना यस्तो छ

यस नेपाल अमेरिका पत्रकार संघ(नेजाको आगामी मे ७(८ मा लस एञ्जलसमा हुन लागेको पाँचौं अधिवेशनको सन्दर्भ एब पत्रकारिता र सामाजिक दायित्व विषयमा एक छलफल कार्यक्रम राखिएको छ ।

तसर्थ समुदायका सबै सदस्य एवं नेजाका शुभेच्छुक र सदस्य साथीहरूलाई निम्न स्थान र मितिमा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ । उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका अध्यक्ष गौतम दाहाल समेत उपस्थित हुनुहुनेछ ।