१५ कार्तिक २०८३, आइतबार

घुस लिदालिदै प्रहरी इन्सपेक्टर थापा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeसप्तरी, २६ फागुन । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोककुमार यादवलाई रु ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,पूर्वाञ्चल क्षेत्रीय कर्यालय इटहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले सप्तरीका मोहम्द सवीर अलीसँग मोटरसाइकल दुर्घटनामा परेका मुद्दा मिलाइदिने भन्दै रु ४० हजार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लराज बस्नेतले जानकारी दिनुभयो ।

बस्तेतका अनुसार अलीसँग मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउनका लागि थापा र यादवले पहिलोचोटी रु ४० हजार लिने र मुद्दा मिलिसकेपछि फेरि रु एक लाख दिने सहमतिसमेत भएको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि पूर्वाञ्चल क्षेत्रीय कार्याालय इटहरीमा राखिएको छ । रासस