
बुटवल, २६ फागुन । तिलोत्तमा नगरपालिका ३ जानकीनगरमा पार्किङ गरेर राखेको मोटरसाईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२५ गते बुटवल कालिकानगरका २१ वर्षीय रामु थापाले पार्किङ गरी राखेको लु १२ प ७४४५ नंं को मोटरसाईकल चोरी गर्ने तिलोत्तमा ३ कै कृष्ण प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
थापाको मोटरसाईकललाई सापकोटाले चोरी गरी बनबाटिका क्षेत्रमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।












प्रतिक्रिया