३० आश्विन २०८३, शुक्रबार

नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NWGN

– उपेन्द्र सापकोटा
लस एन्जल्स, अमेरिका । नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया, लस एन्जल्स च्याप्टरको आज मार्च ८, २०१६मा १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ ।

आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ, सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी गरी ११ जनाको कार्यसमिति चयन भएको छ भने सल्लहाकार समितिमा उमा कार्की थापा, संगिता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । यसै गरी संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामा लाई राखिएको छ ।

यस सञ्जालले महिलाहरूको हकहित र अधिकारको लागि पृथक्, सृजनात्मक एंव आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिहरू गर्ने जानकारी नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन ।