१५ कार्तिक २०८३, आइतबार

विराटनगरमा घाइते प्रहरी हवल्दारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

विराटनगर, २६ फागुन । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको गएराति मृत्यु भएको छ ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को२२प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । रासस