१५ कार्तिक २०८३, आइतबार

सबैको आ–आफ्नै भाषा, संस्कृति हुन्छ : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी ओलीले हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुुभएको छ ।

प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु-याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वद्र्धन गर्न पनि अभिप्रेरित गर्दछन् ।’

त्यस्तै, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, ‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान देशको साझा पहिचान हो । प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा छन् ।’