७ कार्तिक २०८३, शनिबार

भारत भ्रमणको अर्काे पोल खुल्यो ! दिल्लीमा प्रधानमन्त्री ओलीसँग के-के भएको थियो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadga Prasad Oli, Narendra Modi

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी ओलीले भेटेजति सबैलाई सार्वजनिक रुपमै स्वदेश र विदेश सबैतिर आफ्नो भारत भ्रमण सफल रहेको बताए । तर, मनमनै भारतीय नेताहरुले देखाएको व्यवहारप्रति उनमा तीव्र असन्तुष्टि रहेछ ।

पार्टी स्थायी समितिको बैठकमा आइतबार ओली आफैंले यस्तो अभिव्यक्ति दिएका हुन् । समकक्षी नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्रीबीच एकल वार्ता भयो भनियो तर त्यो कुरा झुठ रहेछ ।

पार्टी अध्यक्षसमेत रहेका ओलीले आफ्ना नेतालाई भने, ‘हाम्रो कुराकानी हुँदा उताबाट बीचमा एउटा मान्छे राखिदिए । आफ्ना कुरा भन्ने र उताको कुरा सुन्ने काम मात्र भयो । अनौपचारिक रुपमा कोही प्रस्तुत हुन पाएन ।’ प्रधानमन्त्री ओलीका अनुसार त्यसबेला मोदी हाफ बाहुले लुगामा थिए । जबकि नेपाली पक्षले औपचारिकताका लागि सबै प्रक्रिया पूरा गरेको थियो ।

त्यसमाथि समकक्षी मोदी अरुको सहारा नै चाहिने कमजोर व्यक्ति होइनन् । हरेक कुरा तौलिएर बोल्ने, सधैं तयारी हालतमा रहने र ठाउँअनुसार व्यवहार गर्ने मामलामा प्रसिद्ध नै छन् । तर, दुई देशका सामूहिक बैठकमा कर्मचारीहरुले उनलाई १२/१५ चोटी नै चिट थमाउने र कान फुक्ने काम गरिरहे ।

हाम्रो संसद बैठकमा माननीयका प्रश्नको मन्त्रीले उत्तर दिँदा पछाडिबाट कर्मचारीले भरथेग गरेझैं । भारत भ्रमणकै सन्दर्भमा पार्टी अध्यक्ष र उपाध्यक्षबीच दोहोरी पनि चल्यो । ओलीले बामदेव गौतमतिर फर्कंदै कटाक्ष गरे ।

‘उताबाट फर्केर विभिन्न दलका नेतालाई मैले ब्रिफिङ गर्दा तपाईंले यो भ्रमण असफल भयो किन भनेको ?’ बामदेवको तत्काल प्रतिउत्तर थियो, ‘असफलै त हो नि, सफल भएको भए तपाईं आफैंले बारम्बार ‘सफल भो, सफल भो’ भनिरहनु पथ्र्यो ?’ विवाद बढ्दै गएपछि अरु नेताले ‘भो, भो भारतको कुरा छाडौं, अब चीन यात्राको तयारीबारे सुनाउनुस्’ भनी विषयान्तर गर्नुपरेको थियो । जनआस्था साप्ताहिकमा समाचार छ ।