३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियाको क्वीन्सल्याण्ड शाखामा अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijaya Subbaअष्ट्रेलिया । प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया अन्तर्गत क्वीन्सल्याण्ड शाखाको दोस्रो अधिवेशन व्रिसबेनस्थित कलिंगा पार्कको हलमा सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य डा विजय सुब्बाले एक समारोहकासाथ उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सुब्बाले आफ्नो मन्तव्यमा अहिलेको कठिन परिस्थितिमा एमालेले राष्ट्र र राष्ट्रियताको खातिर निर्वाह गरेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै अहिले एमाले सिंगो नेपाल राष्ट्र र राजनीतिक दलहरूको केन्द्रमा रहेको प्रकाश पार्नुभयो ।

उहाँले परदेशमा रहेर कार्यव्यस्तताको वावजुत पनि यहाँका पार्टी समर्थकहरुले निस्शर्त पार्टी प्रति देखाउनु भएको सद्भाव र मायाले आफू उत्साहित भएको र यसले आफूलाई पार्टी गतिविधिमा लाग्न अझै प्रेरणा र नयाँ उर्जा मिलेको विचार व्यक्त गर्नु भयो ।

नेकपा एमालेका महाधिवेशन प्रतिनिधि रमेश पाण्डेले अतिथिको मन्तव्य राख्दै एमाले समर्थक साथीहरुलाई क्रमिक रूपमा नेपाली समाजको हर गतिविधि र कार्यक्रममा आफ्नो अधिकतम सहभागिता जनाउदै त्यस मार्फत कम्युनिटीमा आफूलाई स्थापित गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा अतिथिहरू प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष तथा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड शाखा इन्चार्ज रमेश पौडेल, महासचिव केशव जोशी लगायतले समसामयिक विषयमा आफ्नो भनाइ राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनले सर्वसम्मत रूपमा विवेक अर्यालको अध्यक्षतामा उपाध्यक्ष विवेक थापा र शंकर धरेल, सचिव असिम कोइराला, सह(सचिव पुकार घिमिरे, कोषाध्यक्ष राजिव पाण्डे, सदस्यहरु क्रमस चिन नेपाली, शम्भु सिम्खडा, सुशील पोखरेल, सिताराम पाण्डे, टिका सुबेदी र अमित गिरी रहेको प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया, क्वीन्सल्याण्ड शाखाको १३ सदस्यीय कमिटि गठन गरेको छ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाको आसन्न अधिवेशन पूर्व उक्त अधिवेशनको आयोजना गरिएको थियो ।