काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटे पनि नेपाली उपभोक्ता महँगो मूल्य नै तिरिरहेका छन् ।
इन्डियन आयल कर्पोरेसनले जनवरी १५ यता ५ वटा नयाँ मूल्यसूची पठाए पनि निगमले भने भाउ घटाएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा आईओसीबाट नेपाललाई इन्धन सस्तो परे पनि निगमले भने २ महिनाअघिकै मूल्य उपभोक्ताबाट असुलिरहेको समाचार कारोबार दैनिकले छापेको छ ।
आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ ।
आईओसीले जनवरी १५,३० फेब्रुअरी १, १५ तथा मार्च १ को समेत मूल्यसूची पठाइसकेको छ ।
१ सातापछि मूल्य घटाउन कुनै छलफलसमेत गरेको छैन । ग्यासबाहेकका सबै इन्धनको भाउ घटेर आएको छ ।















प्रतिक्रिया